समाज

उदयपुरमा एकै दिनमा ८ जना कोरोनामुक्त

बिहीबार उदयपुरको भुल्केका ८ जना कोरोना भाइरस संक्रमित निको भएका हुन् । विराटनगरको कोशी अस्पतालमा उपचाररत उनीहरू निको भएपछि शुक्रवार बिहान डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन्।

निको भएका ८ जनामध्ये एक जना भारतीय छन्। यससँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ।

गत बुधबार कोरोना संक्रमणबाट निको भएर कोशी अस्पतालबाट ६ जना डिस्चार्ज भएका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।