समाज

कोशी अस्पतालबाट थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगरस्थित कोशी अस्पतालको कोरोना भाइरस उपचार केन्द्रको आइसोलेसनमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार डिस्चार्ज हुनेहरुमा भारतीय एक जना युवा, विराटनगर महानगरपालिका– १७ का २ जना पुरुष र उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केकी एक महिला र चार पुरुष रहेका छन् ।

अस्पतालका अनुसार ८ जनाको दोस्रो पटकको थ्रोट स्वाब पिसीआर टेस्ट रिपोर्ट नेगेटिभ आएकोले डिस्चार्ज गरिएको हो।

यस अघि गत बुधबार पनि कोरोना संक्रमणबाट निको भएर कोशी अस्पतालबाट ६ जना डिस्चार्ज भएका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ३० पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।