स्वास्थ्य

कोरोना संक्रमणबाट निको भएर कोशी अस्पतालबाट ६ जना डिस्चार्ज

विराटनगरस्थित कोशी कोरोना अस्पतालमा उपचारपछि निको भएका ६ भारतीय आज डिस्चार्ज भएका छन् । कोशी अस्पतालकी कार्यवाहक मेडिकल सुपरिडेन्डेन्ट संगीता मिश्रका अनुसार कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेमा ३० वर्षीय अनुश जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेब, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्मद रासिद छन् ।

पटक पटक गरि तीन पटक स्वाब परिक्षण गर्दा कोरोना भाइरस संक्रमण नदेखिएपछि सबैलाई बुधबारै डिस्चार्ज गरिएको मिश्रले बताएकी छन् । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई फुलका गुच्छा दिएर विदाई विदाइ गरे ।

निको भएकाहरुमा पनि पुन: संक्रमण देखिने सम्भावना रहेकोले उनीहरू सबैलाइ विराटनगर - १४ काे रानी मस्जिदमा क्वारेन्टाइनमा राखिने काेशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मिश्रले बताइन् । त्यहाँ १० बेडरुम र १० शौचालय भएको कोठा तयार गरिएको छ ।

विराटनगरको कोरोना विशेष अस्पतालमा हाल ३१ जना उपचाररत छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।