सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी - नेकपाको स्थायी कमिटी बैठक बुधबार ११ बजे बस्ने भएको छ। श्रोतका अनुसार सबै स्थायी कमिटी सदस्यहरुलाई बैठकको लागि पार्टी कार्यालयबाट टेलिफोन र एसएमएस मार्फत परिपत्र गरिएको छ।
गत वैशाख २० सम्पन्न सचिवालयको बैठकले स्थायी समिति बैठक वैशाख २५ गतेका लागि डाक्ने निर्णय गरेको थियो। तर पार्टीभित्र चलेको आन्तरिक विवादका कारण २५ गते डाकिएको स्थायी समिति बैठक स्थगित भएको थियो ।
वैशाख २४ गते स्थायी समितिको एजेण्डा तय गर्न बसेको सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि असन्तुष्टि जनाउदै प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली 'म थाके' भन्दै बैठकबाट बाहिरिएका थिए।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्