राजनीति

केही दिनभित्रै स्थायी कमिटी बैठक बोलाउँछौं : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक तयारी नपुगेका कारण स्थायी कमिटी बैठक बस्न नसकेको बताएका छन् ।

उनले अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल सकिएपछि केही दिन भित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताए ।

"अलि गृहकार्य नपुगेकै हो, दुबै अध्यक्षले बैठक एक दुई दिनभित्र बोलाउँछौँ।" संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस परिक्षणका लागि स्वाव दिएपछि नेकपा अध्यक्ष प्रचण्डले भन्नुभयो ।

पुर्व निर्धारित बैशाख २५ गते बाेलाइएकाे स्थायी कमिटी बैठकको हिजाे दुई पक्षबिच विवाद भएपछि सचिवालय बैठक बिना निष्कर्ष सकिएकाे थियाे ।

आज संसद भवनमा प्रतिनिधिसभा सदस्यहरु र राष्ट्रियसभाका सांसदहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियाे।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।