मुख्य समाचार राजनीति

सामाजिक सुरक्षा भत्ता रोक्ने निर्णय "अमानवीय गतिविधि" : नेपाली कांग्रेस

नेपाली कांग्रेसले सरकारले अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोक्ने निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार एक विज्ञप्ति जारी गरी संविधानले नै अशक्त, अपाङ्गता तथा एकल महिला सामाजिक सुरक्षाबाट वञ्चित हुन नमिल्ने व्यवस्था गरेकाले तत्काल उक्त निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गरेका हुन्।

कोरोना महामारीबाट प्रताडित भएको अवस्थामा सामाजिक सुरक्षा भत्ता रोकिनु अमानवीय गतिविधि भएको कांग्रेसले जनाएको छ। कांग्रेसले सरकारले गरेको सो निर्णयलाई तत्काल सच्याउन मागसमेत गरेको छ।

विज्ञप्ति

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।