मुख्य समाचार राजनीति

कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन: सभापति शेरबहादुर देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यवहारिक भएको जनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई समयको गम्भीरताप्रति गम्भीर बन्न माग गर्दै, लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याकंन गरेर कार्य गर्न अपिल गरेको छ। साथै कांग्रेसले जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकन साथ संवाद मार्फत समयावधि थप गर्न माग गरेको छ ।

कांग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप लगाउँदै उक्त कदम तत्काल सच्चाउन सरकारसँग माग गरेको छ।

यसैगरी पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको प्रमुख दायित्व भएको पनि विज्ञप्तिमा स्मरण गराएका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।