बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन निर्माण भएको छ। गुलरिया–४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टाइन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।
उक्त क्वारेन्टिनमा भारतबाट आएका चार महिला छन्। क्वारेन्टिनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए।
जिल्लामा ८० शय्याको आइसोलेशन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिए।
जिल्लामा १४४ क्वारेन्टिनमा महिलापुरुष गरी तीन हजार ९१८ जना छन्।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्