जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयक विरुद्ध संशोधन दर्ता गराएकी छिन्।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनेको नेपालको नयाँ नक्सा अनुसार नेपालको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची ३ मा राखिएको निशान छाप बनाउने विधेयक संसदमा दर्ता गराएको थियो। प्रतिनिधी सभाले सांसदहरुलाई संशोधनको सूचना दर्ता गराउने ७२ घन्टे समय दिएको थियो।
सरकारले नेपालको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची ३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव सहितको संशोधन संसदमा दर्ता गराएको हो।
त्यसको लगत्तै गिरीले नेपालले प्रमाण विना र स्रोत जारी गर्न नमिल्ने व्यतिगत तर्क दिदै उक्त विधेयकमा संशोधन दर्ता गराएकी छिन्। यस प्रकरणमा भने उनको जनता समाजवादी पार्टीले भने सरकारको संविधान संशोधनको समर्थन गरेको छ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्