राजनीति समाज

कांग्रेसका योजनामा ८५ लाख

नेपाली कांग्रेस बिना परिषद् सम्पन्न गरेको भन्दै आन्दोलन गर्दै आएको कांग्रेसले जिल्ला विकास समितिमा करिव २ करोडको योजना पेश गरेको थियो । कांग्रेसले जिल्लाभरीका योजनाहरुलाई परिषद्को बजेट पुस्तिकामा सहभागी गराई योजना छनौट गर्न माग गरेको थियो । कांग्रेसका योजनाहरु र मागका विषयमा दलहरु विच सहमति हुन सकेको थिएन ।

गत विहिबार भएको १३ दल सहितको छलफलमा कांग्रेसले पेश गरेका मध्ये ४२ योजनामा ८५ लाख रकम विनियोजन गर्ने सहमति गरेका छन् । नेपाली कांग्रेसका सभापति शिव हुमागाई, एमालेका अध्यक्ष गोकुल बास्कोटा, एकीकृत नेकपा माओवादीका दिनानाथ गौतम, नेकपा माओवादीका जिल्ला इन्चार्ज चुडामणी चौलागाई, स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्की लगायतको उपस्थितीमा विभिन्न शिर्षक र योजनामा ८५ लाख रकम विनियोजन भएको बताइएको छ । यसअघि परिषद्ले योजना सहित रकम विनियोजन गरेका शिर्षकहरु मध्ये केहि हेरफेर हुने बताइएको छ । जिल्ला विकासमा आगामी आर्थिक वर्षमा कांग्रेसका योजनाहरु समेट्ने सहमति पछि घोषित सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको जिल्ला सचिव अच्युत पौड्यालले जानकारी दिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।