राजनीति

कार्यकर्ता कुटिएको घटनाको बारेमा एमाओवादीले कांग्रेससँग दुःख ब्यक्त

गत माघ १६ गते बनेपामा एमाओवादीको जिल्ला सम्मेलनका क्रममा अन्य पार्टीका कार्यकर्ता कुटिएको घटनाको बारेमा एनकेपा माओवादीले नेपाली कांग्रेससँग दुःख ब्यक्त गरेको छ ।

सोहि घटना देखि नेपाली कांग्रेस र एनकेपा माओवादी एउटै मञ्च तथा बैठकमा सहभागी भएका थिएनन् । कांग्रेस एमाओवादीका नेता सहभागी कार्यक्रम र बैठकमै उपस्थित नभएपछि जिल्ला विकास समितिको २१ औ जिल्ला परिषद्मा समेत अनुपस्थित भएको थियो । कांग्रेस बिनै जिल्ला परिषद् सम्पन्न भएपछि आक्रोशित कांग्रेसले जिल्ला विकास समिति विरुद्ध अल्टिमेटम सहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । कांग्रेसले आन्दोलनका कार्यक्रम अन्र्तगत जागरण, जिल्ला विकासका सम्पूर्ण कार्यक्रम बहिस्कार र बृहत जुलुस निकाल्ने बताएको थियो । कांग्रेसले जिल्ला विकास विरुद्ध आन्दोलनका मागसँगै आफ्ना योजनाहरु समावेश गर्न वा परिषद् नै पुनः गरी योजनाहरु सच्याउन माग गरेको थियो ।

एमाओवादीका कार्यकर्ताहरुले बनेपामा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले कालो झण्डा देखाउने क्रममा नेपाली कांग्रेस, नेकपा एमालेका कार्यकर्ता तथा पत्रकारहरुलाई समेत आक्रमण गरेका थिए । सोहि समय देखि एमाओवादी र नेपाली कांग्रेस विचको सम्वन्ध विग्रिएपछि परिषद्मा कांग्रेस सहभागी भएको थिएन । परिषद्का लागि एमालेले धोका दिएको बताउँदै एमाओवादीसँग गोप्य भेटघाट र बैठक गर्दै आएको नेपाली कांग्रेस र एमाओवादीका नेताहरु विच कांग्रेस कार्यालयमा चैत्रको मध्यमा सहमति भएको नेपाली काँग्रेसका जिल्ला सचिव अच्युत पौड्यालले जानकारी दिए । ‘एमाओवादीको जिल्ला नेतृत्व र नेपाली कांग्रेसको जिल्ला नेतृत्व विच कांग्रेस कार्यालयमा मैत्रीपुर्ण छलफल भयो, छलफलमा एमाओवादीले घटना प्रति दुःख ब्यक्त गर्दै आगामी दिनमा हुने कार्यक्रममा सचेत हुने सहमति गरेको छ’–पौड्यालले भने । ‘नहुनु पर्ने घटना घटिसकेपछि आगामी दिनमा हुनै नदिने र घटना प्रति दुःख ब्यक्त गर्ने काम भयो’–एमाओावादीका जिल्ला नेता गंगाबहादुर दोङ्गले बताए । ‘राष्ट्रिय राजनीतिमा समेत चार शक्ति एकै ठाँउमा भएको बेला कांग्रेस र एमाओवादी झगडा गरि बसेर साध्य हुँदैन भन्ने निश्कर्ष पछि छलफलमा बसेका हौ’–दोङ्गले भने–‘कांग्रेस कार्यालयमा भएको छलफलमा दुवै पक्षले आत्मसमीक्षा गर्दै एमाओवादीले घटनामा दुःख ब्यक्त गर्ने माइन्युट भएको छ ।’ कांग्रेस र एमाओवादीको सहमति लगत्तै एमालेसँग छलफल भएको थियो । तीन दलको छलफल सकारात्मक भएपछि जिल्ला विकासमा संलग्न भएका १३ दलसँग छलफल भएको दोङ्गले बताए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।