अर्थ समाचार

काभ्रेको बजेट २ अर्ब ४० करोड

जिल्ला विकास समिति काभ्रेको २१ औँ जिल्ला परिषद् बैठकसम्पन्न भएको छ । परिषदले आगामी आर्थिक बर्षका लागि काभ्रेमा २ अर्ब ४० करोड ५९ लाख २४ हजारको अनुमानित बजेट तथा कार्यक्रम स्विकृत गरेको छ । परिषदमा जिविसका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्कीले चालु खर्च तर्फ १ अर्ब ६२ करोड ८१ लाख ५६ हजार रहेको जानकारी दिए ।

यस्तै पुँजीगत तर्फ ७७ करोड ७७ लाख ६८ हजार रुपैयाको बजेट स्विकृत गरेको उनले बताए । कार्यक्रममा जिल्ला विकास समितिको मात्रै ५६ करोड ९० लाखको अनुमानित बजेट प्रस्तुत गरिएको छ । परिषद्को बैठकले सन् २०१७ सम्ममा जिल्लाका सबै क्षेत्रमा धुँवारहित चुल्हो निर्माण गर्ने, सन् २०१५ सम्ममा सबै क्षेत्रलाई खुल्ला दिशामुक्त जिल्ला बनाउने, खानेपानीको समस्या भएका क्षेत्रमा त्यसको ब्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।  गत वर्ष सडक र भौतिक पुर्वाधारको मात्रै ५ सय ३९ योजना तर्जुमा गरेका राजनीतिक दलहरुको संयन्त्रले आउने आर्थिक वर्षमा सबै क्षेत्रका कार्यक्रमहरु समेत गरी ३ सय ८४ वटा कार्यक्रममा सिमित गरिएका छन् ।

समग्र रुपमा काभ्रे जिल्लाको जनप्रतिनिधि अवस्था पछिको यो परिषद्लाई समग्र जिल्लाबासीहरुले ऐतिहासिक रुपमा लिएका छन् । दलहरु विच जति सुकै असमझदारी भए पनि आउँदो आर्थिक वर्षको शुरु देखि नै योजनाहरु सम्झौता हुने जिल्ला विकास समितिले जानकारी दिएको छ । परिषद्को बैठकमा जिल्ला न्यायाधिश रमेशकुमार खत्री विशेष अतिथी रहे भने प्रमुख अतिथी पञ्चकन्याहरुलाई बनाइएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल, एसपी गिता उप्रेती, पुर्वउर्जा राज्यमन्त्री सुर्यमान दोङ्ग, पुर्व सभासद् तेजबहादुर मिजार, नेकपा माओवादीका जिल्ला इन्चार्ज हेमक, एकीकृत नेकपा माओवादीका इन्द्रबहादुर थिङ्ग, नेकपा एमालेका उप सचिव अशोक ब्याञ्जु लगायतले योजना कार्यान्वयनमा पारदर्शिताको सवाल प्रमुख कुरा रहेको बताएका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।