भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका २ नेपालीको र्यापिड डायग्नोस्टिक टेस्ट किटबाट कोरोना भाइरस परिक्षण गर्दा कोरोना भाइरसको एन्टिबडी पाइएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलवार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजिटिभ आएको सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डा. रणजित झाले जानकारी दिए ।
तब्लिगी जमातद्वारा आयोजित सभाबाट आएका खडग नगरपालिकाका ३, सुरुङ्गा नगरपालिका, अग्निसाइर कृष्ण सवरण, विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाका १–१ गरी ७ जनाको द्रुत परिक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए ।
तीमध्ये खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका १–१ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
दिल्लीको निजामुद्दीन मरकजमा सहभागी भएर फर्किएको ३२ दिन बितेको बताएपनि स्थानीय भने चैत ११ गते घर फर्किएको बताउँछन् । सप्तरी फर्किएका उनीहरू घरमै बसेका थिए । रिपोर्ट पोजिटिभ आएपछि २ जनालाई राजविराजस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ ।
अस्पतालले ७ जनाकै स्वाब परिक्षणका लागि राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । अन्य ५ जनालाई खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट दासले बताए ।
~ रासस
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

~
रासस

शेयर गर्नुहोस्