स्वास्थ्य

रुकुम पश्चिमका दुई जनाको धनगढीमा पिसिआर परिक्षणमा पोजिटिभ पाईयो

धनगढीमा दुई जनाको पिसिआर परिक्षण गर्दा कोरोना भाइरस संक्रमण पोजेटिभ पाईएको छ। गत सोमवार सुर्खेतबाट ९९ जनाको थ्रोट स्वाब परिक्षणका लागि कैलाली पठाइएको थियो। जसमध्ये रुकुम पश्चिमका मात्रै ३९ जनाको स्वाब थियो। त्यसमा रुकुम पश्चिमका दुई जनाको परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो।

धनगढीको प्रयोगशालाको रिपोर्टमा कोरोनाको एन्टिबडी देखिएपछि फेरि स्वाब परिक्षण गर्न काठमाडौं पठाइएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले जानकारी दिनुभयो ।

संक्रम्ण भेटिएका व्यक्तिहरु केही दिनअघि भारतबाट आएका र होम क्वारेन्टिनमा बसेका थिए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।