समाचार समाज

धुलिखेल कारागारभित्र भएको कुटाकुटमा मृत्यु भएको थियो कैदी नेपालीको

जिल्ला कारागार काभ्रेमा कैद सजाय भोगिरहेका कैदीहरुबीच कुटाकुट हुँदा एकजनाको ज्यान गएको छ । गएराती भएको दुई कैदीबीचको कुटाकुटमा परी रसुवाको धैबुङ १ का कुमार नेपालीको मृत्यु भएको हो । उनी र आमाको हत्या मुद्दामा जेल परेका तनहुँको पुर्कोटका हरि सापकोटाबीच कुटाकुट भएको थियो । सोही क्रममा सापकोटाले कुटेर नेपालीको हत्या गरेको बताइएको छ ।

दुबै कैदीको मानसिक सन्तुलन विग्रिएको जेल प्रशासनले जानकारी दिएको छ । घटनापछि जिल्ला प्रशासन कार्यालय काभ्रेले आजै तीन सदस्यीय छानबीन टोली गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कृष्णजी अधिकारी संयोजक रहेको समितिमा जेलर मातृका दाहाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत निरञ्जन घिमिरे सदस्य रहेका छन् । काभ्रेका प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने बताए ।

घटनाविवरण

हरेक दिन जसो कैदी बन्दिहरु गएराती खाना खाएर सुतिरहेका थिए । रातको साढे ८ बज्दै थियो । कारागार भित्र होहल्ला गरेजस्तो आवाज बाहिर आयो । मानसिक रोगका कैदी बन्दिहरु प्राय चिच्याउने भएकाले घटनालाई भित्रै भएका कैदीहरुले सामान्य रुपमा लिएका थिए । कारागार सुरक्षाका लागि बुर्जामा रहेका प्रहरीले डाङ्गडुङ्ग भएको सुने लगत्तै चौकीदार रेतबहादुर सापकोटालाई खवर गरेका थिए । सापकोटाले कारागार सुरक्षाका प्रहरी सहायक निरिक्षक नारायण सुनुवारलाई खवर गरे । सुनवार सहितको प्रहरी टोली भित्र पुग्दा ढोकामा नेपाली लडिरहेका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।