राजनीति

निर्वाचनलाई विकासे कार्यकर्ता उत्पादन शुरु

नया सरकार गठनसगै निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय मार्फत जिल्लाका ८७ गाउ विकास समिति र तीन नपाका ३३ वडामा निर्वाचनका लागि विकासे कार्यकर्ता उत्पादन शुरु गरेको छ ।

असारको पहिलो साता निर्वाचन गर्ने राजनीतिक दलहरुको सहमति अनुसार आयोगको जिल्ला कार्यालयले निर्वाचन अघिको अन्तिम पटक फोटो सहितको मतदाता नामावली संकलन तथा निर्वाचन शिक्षा कार्यकर्ता विकास प्रशिक्षण आइतबारबाट धुलिखेलमा शुरु गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत जिल्ला विकास समिति अन्र्तगतका विभिन्न योजनाहरुमा कृयाशिल सामाजिक परिचालक निर्वाचनका विकासे कार्यकर्ताका रुपमा नियुक्त भएका छन् । काभ्रेका लागि १ सय २० जना छनौट भएको जिल्ला निर्वाचन अधिकारी हरिश्चन्द्र घिमीरेले जानकारी दिए । पहिलो चरणमा आइतबार र सोमबार ६० जना उक्त प्रशिक्षणमा सहभागी छन् । प्रशिक्षणमा लोकतन्त्र, निर्वाचन, संविधान, मतदाता दर्ता, नागरिक कर्तव्य र अधिकार, निर्वाचन ब्यवस्थापन, निर्वाचन प्रणाली, निर्वाचन शिक्षाका बारेमा जानकारी गराइने छ । निर्वाचन कार्यालयले अब हुने जुनसुकै निर्वाचन सम्वन्धि कृयाकलापमा फोकल पर्सनका रुपमा परिचालन गर्ने उदेश्यले सामाजिक परिचालकलाई प्रशिक्षण दिएको हो । निर्वाचन आयोगको स्थानीय स्तरको जनस्तरमा रहेर सम्पर्क विन्दुको रुपमा काम गर्ने यिनै विकासे कार्यकर्ता हुनेछन् । यस अघिका हरेक निर्वाचनमा आयोगले शिक्षकहरुलाई मात्रै यस्तो जिम्मेवारी दिदै आएको थियो ।

दुई चरणमा हुने प्रशिक्षण कार्यक्रममा गाउ विकास समितिका सचिवहरुलाई पनि यस्तो प्रशिक्षण उपलब्ध गराउने घिमीरेले जानकारी दिए । विकासे कार्यकर्ताहरुलाई जिल्ला निर्वाचन अधिकारी हरिश्चन्द्र घिमीरे, जिल्ला सहजकर्ता दिनेश कोइराला र भोजकुमारी सोमैले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणको उद्घाटन प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले गरेका थिए । प्रशिक्षण प्राप्त विकासे कार्यकर्ताहरुले फोटो सहितको मतदाता नामावलिमा नाम समावेश भए नभएको, नभएको भए गर्न लगाउने, १६ वर्ष उमेर समुहका कतिले नामावली दर्ता गराए, कतिले नागरिकता प्राप्त गरेका छैनन्, हालको नामावली सहि छ वा छैन जस्ता कुराहरुमा पनि जानकारी गराउने छन् ।

नामावली संकलन शुरु
असारको पहिलो साता निर्वाचन हुने तयारी स्वरुप निर्वाचन कार्यालय काभ्रेले चैत्र ११ गतेबाट बैशाख ४ गतेसम्म फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरु गर्ने निर्णय गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी हरिश्चन्द्र घिमीरेले जिल्लाका सबै क्षेत्र, इलाका र गाउ“ तथा नगरका वडाहरुमा केन्द्र पारेर ११ टोली फोटो सहितको मतदाता संकलनका लागि जान लागेको बताए । टोलीले गाउँ र नगरको भुगोल र जनसंख्याका आधारमा समय निर्धारण गर्नेछ । कोहि नछुट्न र कोहि नदोहोरिउन् भन्ने उदेश्यले संविधान सभाको निर्वाचन अगाडि अन्तिम पटक गाउ“मै पुगेर नामावली संकलन कार्य शुरु गर्न लागेको उनले बताए । जिल्ला निर्वाचन कार्यालयले आफ्नै ठेगानमा जान नसक्ने ब्यक्तिका लागि कार्यालयमै फोटो खिचाउने सुविधा उपलब्ध गराउ“दै आएको छ । जिल्ला छाडेर अन्यत्र गएका काभ्रेलीहरुको समेत नामावली काभ्रेकै मतदाता सुचीमा समावेश भएको घिमीरेले बताए । काभ्रेबाट काठमाडौमा बसोबास गर्ने मध्ये ५ हजार भन्दा धेरैले काठमाडौकै मतदाता केन्द्रमा फोटो खिचाएका थिए । काभ्रेमा हालसम्म १ लाख ८३ हजार ब्यक्तिले मतदाता परिचयपत्रका लागि फोटो खिचाएका छन् ।

दलहरुको तयारी
प्रमुख दल एनेकपा माओवादी, नेपाली कांग्रेस र एमालेले आफ्ना गतिविधिहरु चुनावतर्फ मोड्न शुरु गरेका छन् । एमालेले शनिबार गरेका वनभोज तथा प्रशिक्षण कार्यक्रमलाई चुनावी तयारी भएको बताएको छ भने काँग्रेसले क्षेत्रीय अभियानलाई चुनावी अभियानका रुपमा लगेको छ । एनेकपा माओवादी केन्द्रको निर्णय पर्खिएर तयारीका लागि जिल्लामा कार्यकर्ता सम्र्पक तथा भेटघाटलाई बाक्लो बनाउ“दै छ । आन्तरिक रुपमा सबै दलहरु भोट र नोट दुवै तयारीमा जुटेको श्रोतले बतायो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।