मुख्य समाचार राजनीति

निर्वाचन मिति घोषणा– प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकै चरणमा मंसिर ४ मा

सरकारले आगामी मंसिर ४ गते आइतवारका लागि आम निर्वाचनको मिति घोषणा गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब एकै चरणमा हुनेछ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गरेको एक मन्त्रीले जानकारी दिए।

निर्वाचन आयोगको सुझाव र परामर्शका आधारमा सरकारले चुनावको मिति घोषणा गरेको हो। निर्वाचन आयोगले मंसिर २ गतेका लागि चुनाव गर्न उपयुक्त हुने सुझाव दिएको थियो। यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकएक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।