राजनीति

कांग्रेसमा सहमति : महाधिवेशनको कार्यतालिका संशोधन सर्वसम्मतिमा

काठमाण्डौ - नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति हेरफेर नगरी तल्लो निकायको अधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ। शीर्ष नेताहरुबीच भएको सहमति अनुसार नै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा १४ औ महाधिवेशन गर्ने पूर्ववत: निर्णय कामयै राखी तल्ला तहका अधिवेशनको कार्यतालिका हेरफेर गरिएको हो।

प्रवक्ता विश्वप्रका शर्माका अनुसार २०७७ कात्तिक १६ गते वडा अधिवेशन गर्ने मिति तय भएको छ। त्यस्तै, पुस ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति शेरबहादुर देउवाले बहुमतले मंसिर ९ गते वडा अधिवेशन गर्ने निर्णय गरेका थिए। त्यो बैठकमा संस्थापन इतरका समूहले बैठक बहिष्कार गरेका थिए।

बैठकले गाउँनगर अधिवेशन ०७७ कात्तिक १८ गते, प्रदेशसभा अधिवेशन कात्तिक २१ गते र एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र भएकोमा कात्तिक २३ गते अधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन कात्तिक २५ गते र प्रदेश अधिवेशन मंसिर २९ गते गर्नेगरी कार्यतालिका संशोधन गरेको छ।

कार्यतालिका संशोधन सर्वसम्मतीले पारित भएसँगै गत मंसिर २६ गतेदेखिको कांग्रेसमा देखिएको आन्तरिक विवाद अन्त्य भएको छ।

संशाेधित अधिवेशनकाे कार्यतालिका
(क) गाउँ/नगर वडा अधिवेशन – २०७७ कात्तिक १६ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन – २०७७ कात्तिक १८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्तिक २१ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्तिक २३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्तिक २५ गते
(च) सातै प्रदेशकाे अधिवेशन – २०७७ मंसिर २९ गते
(छ) केन्द्रीय महाधिवेशन – २०७७ फागुन ७, ८, ९ र १० गते काठमाण्डाै ।

यस्ता छन् बैठकका निर्णयहरु
१. नेपाली कांग्रेस पार्टी संगठनको अन्तरिम संरचनाको समायोजन पश्चात क्रियाशील सदस्यता वितरण/नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पुर्‍याई देहाय बमोजिमको मितिमा देहाय बमोजिमका कार्य सम्पन्न गरी पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जित गरिएको छ।

(क) पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ माघ मसान्तभित्र।

(ख) विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म।

(ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र।

(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गतेभित्र।

(ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्तभित्र।

(च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र।

(छ) उजुरी/पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेभित्र।

(ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गतेभित्र।

(झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्तभित्र।

२. अधिवेशन
(क) गाउँ/नगर वडा अधिवेशन– २०७७ कात्र्तिक १६ गते

(ख) गाउँ/नगरपालिका अधिवेशन– २०७७ कात्र्तिक १८ गते

(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्र्तिक २१ गते

(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्र्तिक २३ गते

(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्र्तिक २५ गते

(च) प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते

(छ) केन्द्रीय महाधिवेशन : २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं

३. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (८) (ङ) बमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” ले गर्ने कार्य सम्पादन गर्नका लागि विधानको धारा २२ (७) बमोजिम सात सदस्यीय क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने । यस समितिले विधानको धारा ४ (८) (घ) र (ङ) बमोजिमको कार्य तोकिए बमोजिमको अवधिभित्र सम्पन्न गर्नेछ । सभापतिले समितिका संयोजक र सदस्यहरुको मनोनयन आवश्यक परामर्श गरी गर्ने।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।