राजनीति

नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फाल्गुणमा

संस्थापन इतर समूहको बहिष्कारकाबीच शुक्रबार साँझ नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति तोकेको छ।

वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कार बावजुद पनि पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो।

यस्तो छ महाधिवेशन कार्यतालिका

गाउँ/नगर वडा अधिवेशन२०७७ मंसिर ९ गते
गाउँ/नगरपालिका अधिवेशन२०७७ मंसिर ११ गते
प्रदेश सभा क्षेत्रीय अधिवेशन२०७७ मंसिर १५ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन२०७७ मंसिर १७ गते
जिल्ला अधिवेशन२०७७ मंसिर २५ गते
प्रदेश अधिवेशन२०७७ पौष १५ गते
केन्द्रीय महाधिवेशन२०७७ फाल्गुण ७, ८, ९ र १० गते

यस्तै बैठकले भ्रातृ संगठन नेपाल तरुण दलको म्याद ६ महिना थप गर्ने निर्णय पनि गरेको छ। तरुण दलको म्याद गत कात्तिकमै सकिएको थियो। ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तरुण दलको म्याद थप गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

केन्द्रीय समिति बैठकमा २८ बाट बढाएर ४७ विभाग गठन गर्ने सभापति शेरबहादुर देउवाको प्रस्ताव बहुमतले पारित भएको छ।

पौडेल पक्षले २०७७ मंसिर महिनाभित्र अधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने र नेविसंघको विषयलाई लिएर बटमलाइन अडान राखेको थियो । मंसिर २६ मा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पटकपटक बहिस्कार गरेपछि बस्न सकेको थिएन । देउवाले प्रस्ताव गरेका विभागहरू, तरुण दल एवं नेविसंघको तदर्थ समिति गठनलगायतका विषयमा पौडेल पक्षको असहमति रहेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।