राजनीति

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित हुनेमा प्रदीप पौडेलको आशंका

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष तथा धाँधलीरहित हुनेमा गम्भीर आशंका उत्पन्न भएको बताएका छन् । उपनिर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय प्रतिनिधिको रुपमा बागलुङ खटिएका पौडेलले सत्तारुढ दलले सत्ताधारी उम्मेदवारलाई जिताउन राज्य सत्ताको चरम दुरुपयोग गरिरहेको दाबी गरे ।

गलत ढंगले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न स्थानीय प्रशासनसँगको मिलेमतोमा सरकारले सबै खाले हतकण्डा अपनाइरहेको आरोप पौडेलले लगाए ।

“मौन अवधिमा सत्तारुढ दलका जनप्रतिनिधिहरुबाट विकास आयोजनाको आश्वासन बाँड्ने, आर्थिक चलखेल गर्ने जस्ता निर्वाचन आचार संहिता विपरितका कार्य भएका छन्” पौडेलले भने । “मौन अवधीमा जनप्रतिनिधिहरु आफ्नो मर्यादा भुली विवेकशील ढंगले चल्न नसक्दा र प्रशासनले समेत त्यसमा कुनै रोकतोक नलगाएको अवस्थामा चुनावको निश्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको छ ” पौडेलले भने ।

आचार संहिता विपरितका सबै खाले त्यस्ता गतिविधि विरुद्ध तत्काल कडा कदम चाल्न निर्वाचन आयोग समक्ष माग गर्दै पौडेलले पर्यवेक्षक, नागरिक समाज र संचार माध्यमहरुलाई समेत निरन्तर खबरदारीका लागि आग्रह गरेका छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।