मुख्य समाचार राजनीति

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शनिवार बोलाएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जेठ १७ गतेका लागि पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।

बैठकमा संसदमा नेपाल सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ। सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकक्षेत्र समेटिएको अद्यावधिक नक्सानिसान छाप परिवर्तन गर्न संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो।

बुधबारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफलका लागि समय माग गरेको भनेर सरकारले हटाएको थियो तर नेपाली कांग्रेसले त्यसको खण्डन गरेको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।