समाज

सेनाको वृक्षारोपण कार्यक्रम

बनेपा, २४ साउन

भू–संरक्षण दिवसको अवसर पारेर रुद्रध्वज गण धुलिखेलले सोमबार बनेपा नगरपालिका–११ स्थित गोसाईकुण्ड सामुदायिक बनमा बृहत वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको उपत्यका पृतनापति, उपरथी दमनबहादुर घलेले वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका हुन् । वृक्षारोपण कार्यक्रममा लप्सी, चिलाउने, धुपी, सजीवन, सिमली, रिठ्ठा, अमला, रुद्राक्ष लगायतका जातका दुई हजार पाँच सय विरुवा रोपिएको थियो ।

वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुधिरकुमार शाह, सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कर्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक रविन्द्र धानुक, प्रमुख अनुसन्धान अधिकृत कुलदेव थापा, जिल्ला भूःसंरक्षण अधिकृत खुश्चेव श्रेष्ठ गोसाईकुण्डसामुदायिक बन उपभोत्ता समिति बुडोल, काभ्रे उच्च मावि लगायतका संघसंस्थाका प्रतिनिधिहरु वृक्षारोपण कार्यक्रममा सहभागि भएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुधिरकुमार शाहले वृक्षारोपण गरिएका सम्पूणृ विरुवाको संरक्षणका लागि सबै लाग्नुपर्ने बताए । ‘विरुवा रोपेर मात्र हुँदैन यसको बेलाबेलामा हेरचाह पनि गनुृपर्छ’ शाहले थपे ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।