सुचना प्रविधि

क्यान काभ्रेको अध्यक्षमा निरञ्जन मानन्धर निर्वाचित

कम्प्युटर एशोसिएसन अफ नेपाल काभ्रेको आठौं वार्षिक साधारण सभा तथा पाँचौ कार्य समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन विज्ञान तथा प्रविधि मन्त्री लेखराज भट्टले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा सुचना प्रविधि उच्चस्तरिय आयोगका उपाध्यक्ष मनोहर भट्टराई, एमाले काभ्रेका अध्यक्ष गोकुल बास्कोटा, क्यान नेपालका द्धितिय उपाध्यक्ष विनोद ढकाल, काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश मानन्धर, जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटा लगायतले सुचना प्रविधिमा नेपाल र काभ्रेको अवस्थाका बारेमा मन्तव्य राख्नुभएको थियो।

साधारण सभामा संस्थाका महासचिव गायत्रीरमण घिमीरेले संस्थाका वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना र कोषाध्यक्ष बलराम श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष मनोजकुमार न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला विकास समितिको सहयोगमा ईलाका प्रहरी कार्यालय बनेपालाई एक थान र कात्तिके देउरालीको देउराली प्राथमिक विद्यालयमा दुई थान कम्प्युटर प्रमुख अतिथी मन्त्री भट्टले हस्तान्तरण गर्नुभएको थियो।

अधिवेशनले निरञ्जन मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा जयराम हुमागाईं, महासचिवमा राजकुमार अचार्य, सचिवमा अनिस लामा र कोषाध्यक्षमा बलराम श्रेष्ठ निर्वाचित हुनुभएको छ। यस्तै सदस्यहरुमा प्रल्हाद सत्याल, दीपक वस्नेत, श्याम सेवाचार्य र नरेश मानन्धर निर्वाचित हुनुभएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।