नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमुना संकलनको तयारी गरिएको छ ।
स्वाब संकलनदेखि आरटीपीसीआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भीटीएम र रिएजेन्ट्स लगायतको कीट पर्याप्त आएकाले शनिवार ठूलो संख्यामा स्वाब संकलन गरी परीक्षणमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन २ हजार टेस्ट किट र १ हजार भीटीएम पठाएको छ । एउटै वडामा २३ र नजिकको अर्को वडामा एका संक्रमित देखिएपछि सरकारले नेपालगञ्जमा परीक्षणको दायरा बढाउन निर्देशन दिएको छ ।
नेपालगञ्जमा २४ जनामा कोरोना देखिएपछि धेरैभन्दा धेरै जनाको परीक्षण गर्न जनस्तरबाट माग बढेको छ । पर्याप्त टेस्ट किट र भीटीएम आएकाले एकान्तबास, मन्दिर र मस्जिद तथा संक्रमितको सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्ने तयारी भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा दिनमा सय जनासम्मको परीक्षण हुने बताइएको छ । शनिवार एकैदिन हजार जनाको स्वाब संकलन भएमा काठमाडौं लैजानका लागि नेपाली सेनाको जहाज नेपालगञ्जमै राखिएको छ ।
भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा । प्रकाश थापाले बाँकेमा सरकारले उच्च प्राथमिकताका साथ आवश्यक उपकरण पठाएकाले स्वाब संकलन तथा परीक्षणमा कुनै अवरोध नहुने बताउँदै शनिवार ठूलो संख्यामा स्वाब संकलन गर्ने तयारी भएको जानकारी दिए ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्