काठमाण्डौ महानगरपालिकाले शुक्रबार सरसफाइ काम गर्ने कर्मचारीमा र्यापिड डाइग्नाेष्टिक टेस्ट (आरडिटी) गर्दा कोरोना भाइरस संक्रमण भेटिएको छ।
संक्रमणको सम्भावना बोकेका क्षेत्रका मानिसलाई शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमा परीक्षण सुरु गरेको थियो। कोरोनाको एन्टिबडी पोजेटिभ देखिएकामध्ये १६ जना पुरुष र १५ जना महिला छन्। जसमा चालकहरू समेत छन्। आरडिटी रिपोर्ट पोजेटिभ आएकाहरुको पीसीआर टेस्ट पनि गरिसकिएको र त्यसको नतिजा पर्खिरहेको महानगरपालिका श्रोत ले जानकारी दिएका छन्।
अहिले उनीहरूलाई महानगरपालिकाको वातावरण भवनको क्वारेन्टाइनमा राखिएको छ।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमा महानगरपालिकाका सरसफाईमा खटिने ९ सय ३२ जना कर्मचारीको कोरोना भाइरस परीक्षण गरिएको हो। जसमा ६ सय ६४ जनाको र्यापिड डाइग्नाेष्टिक टेस्ट (आरडिटी) र २ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको हो।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्