मुख्य समाचार समाज

नेपालमा कोरोना भाइरसका कारण पहिलो मृत्यु - सिन्धुपाल्चोककी महिला

नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु पुष्टि भएको छ। सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको आरडिटी र पीसीआर दुबै परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएपछि थप पुष्ट्याइँका लागि केन्द्रीय स्वास्थ्य प्रयोगशाला टेकुमा मृतकको स्वाब पठाइएको थियो।

सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षिया यी महिला त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भइ २४ गते सुत्केरी भएपछि २५ गते डिस्चार्ज भएर घर फर्केकी थिइन्।

अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी महिला डिस्चार्ज भएर आफ्नो घर सिन्धुपाल्चोक गएकी थिइन्। तर, बिहीबार स्वास्थ्य अवस्था बिग्रिएपछि धुलिखेल ल्याइएको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि उनको स्वाब लिइएको थियो।

धुलिखेल अस्पतालमा भएको परीक्षण कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।