मुख्य समाचार समाज

दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि टोखा क्षेत्र सिल

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि टोखा क्षेत्र सिल गरिएकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन्।

काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नम्बर-३ टोखा बजार जाने उकालो नजिक र वडा नम्बर-६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समय काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडीटी र पीसीआर परीक्षणलाई तीव्रता दिएको थियो ।

टोखामा हालसम्म ८ सयभन्दा बढी व्यक्तिको आरडीटी गर्दा १३ व्यक्तिकाे रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।