स्वास्थ्य

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना संक्रमण

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा तीन जनामा कोरोना संक्रमणको पुष्टि गरेको थियो । त्यहि ३ जना मध्ये कालिमाटी वृत्तमा कार्यरत एक जना नायब निरीक्षक र एक जवानलाई रहेको बताइएको छ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि वृत्त र सँगै रहेको ट्राफिक कार्यालय र महिला सेललाई सिल गरिएको छ । उनीहरु दुवै जना फिल्डमा खटिएका प्रहरी हुन्। दुवैलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा राखिएको कालिमाटी वृतका प्रमुख रुगम कुँवरले जानकारी दिनुभयो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।