स्वास्थ्य

कैलालीमा ६५ वर्षीया वृद्धामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १३ पुग्यो

कैलालीको लम्की चुहामा ६५ वर्षीया वृद्धामा कोरोना (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । तर यसको औपचारिक जानकारी आउन बाँकी छ । अहिले संक्रमितलाइ सेती प्रादेशिक अस्पताल लगिएको छ । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् । र ती वृद्धालाई लम्की चुहा नगरपालिकास्थित बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।