समाज

कोरोना भाइरस नेपाल: थप २६ व्यक्तिमा कोभिड-१९ पुष्टि, देशभरि सङ्क्रमितको कुल संख्या २१७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार राति जारी गरेको प्रेस विज्ञप्तिमा थप नयाँ २६ जनाको परीक्षणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
यस अघि मंगलबार अपराह्ण ५७ जनामा कोभिड-१९ पुष्टि भएको थियो। मंगलबार मात्र एकै दिनमा ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो संख्या अहिलेसम्मकै एकै दिनमा पुष्टि उच्च संख्या हो।

मन्त्रालयका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार प्रदेश नं २ मा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ९५ पुगेको छ। यो सबै प्रदेशमा देखिएको मध्ये सर्वाधिक संख्या हो।

यसै गरी मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको उल्लेख छ ।

यससंगै संक्रमितको संख्या २१७ पुगेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।