स्वास्थ्य

एकै दिन १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेको नेपालगन्जमा ९ जना र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्।

प्रवक्ता देवकोटाले नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए। संक्रमितमा ७ वर्षिय बालक देखि ८५ वर्ष उमेरको वृद्दसम्म रहेको जानकारी दिए। बालकलाई कोरोना संक्रमण देखिएको नेपालमा पहिलो घटना हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। नेपालगञ्जमा आइतबार संक्रमण देखिएका ९ जनालाई अस्पताल ल्याउने तयारी भइरहेको र १ जनाको अस्पतालमा जनाको उपचार भइरहेको छ।

हालसम्म विराटनगरमा ३१ र वीरगञ्जमा ९ जना संक्रमित उपचाररत रहेका छन्। यसैगरी रुपन्देही, धनगढी र भरतपुरमा १-१ जना उपचाररत रहेका छन्। संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।