समाज

काभ्रेका आठ दुग्ध उत्पादक सहकारी खारेजीमा

बनेपा, १४ साउन

सहकारी डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले आठ दुग्ध उत्पादक सहकारी संस्था खारेज गरेको छ । १० वर्षदेखि लेखापरीक्षण नगराएको, साधारणसभा नगरेको लगायतका कारण देखाउँदै सहकारी खारेज गरिएको डिभिजन सहकारी कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रे जिल्लाका -र्‍याले, कुशादेवी, देवभूमि बालुवा, मेथिनकोट र काभ्रे गाविसका आठ सहकारी खारेजीमा परेका हुन् । खारेजीमा पर्ने सहकारीमा सिमसार दुग्ध उत्पादक सहकारी संस्था, र्‍याले दुग्ध उत्पादक सहकारी संस्था, सिमलचौर दुग्ध उत्पादक सहकारी संस्था, र्‍याले सिद्धिविनायक दुग्ध सहकारी संस्था, रानीटार दुग्ध उत्पादक सहकारी संस्था, भेडाबारी दुग्ध उत्पादक सहकारी संस्था, कालिका दुग्ध उत्पादक सहकारी संस्था र महाकाली दुग्ध उत्पादक सहकारी संस्था छन् ।

ती सहकारीमध्ये कतिपयले दुग्ध कारोबारसमेत कमैमात्रामा गरेको सहकारी डिभिजन कार्यालय काभ्रेका नायव सुब्बा प्रदीप रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार पुनः झन्डै ५० सहकारी संस्था खारेजीको तयारीमा छन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।