अर्थ कृषि

फोक्सिङ्गटारमा कृषि सहकारी दर्ता

डिभिजन सहकारी कार्यालय धुलिखेलमा अर्काे एउटा कृषि सहकारी दर्ता भएको छ । डाँडापारीको फोक्सिङ्गटार गाउँ विकास समितिमा डिभिजन सहकारी कार्यालयका अधिकृत हरिप्रसाद पौड्यालको उपस्थितीमा गुणबहादुर रानाको अध्यक्षतामा कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक भेला र संचालक समिति गठन भएको छ ।

प्रारम्भिक समितिमा उपाध्यक्ष नरध्वज दोङ्ग, कोषाध्यक्ष पाल्साङ लामा र सचिवमा रेखवहादुर रखाल छन् । सदस्यहरुमा विविरेन्द्र राना, नीरमाया वाइवा मोक्तान र नानीमाया विक रहेका छन् । भेलामा सहकारीका निरिक्षक शंकरप्रसाद दुलाल, नासु रमेश ढुंगाना, संस्थाका विबिरेन्द्र राना लगायतले मन्तब्य राखेका थिए । फोक्सिङ्गटार गाविस भरी कार्यक्षेत्र बनाएको उक्त सहकारीले सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै परम्परागत कृषि प्रणालीलाई ब्यवसायीक र आधुनिकिकरण गर्दै सदस्यहरुको उत्पादन क्षमतालाई अभिबृद्धि गर्ने रहेको छ । साथै कृषि उत्पादन र नगदेबालीको विउ विजनको उचित प्रवन्ध गर्ने, सदस्यहरुबाट बचत संकलन गरी अन्य बैक तथा वित्तिय संस्थाहरुसँग ऋण प्राप्त गरी लगानी गर्ने, गरिव, दलित, महिला र जनजाति साना किसानहरुलाई संगठित गरी समुदायको विकासमा जोड दिने रहेको छ ।

-
रेखबहादुर रखाल / फोक्सिङ्गटार

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।