कृषि

बिन्धबासिनीको कृषि तालिम सम्पन्न

बिन्धबासिनी बचत सहकारी संस्था, काभ्रे सेवा समाज र जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा सञ्चालित पाँच दिने कृषि तालिम बिहीबार सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि कृषि विकास विभागका निर्देशक लोकनाथ आचार्यले कृषि उत्पादनको विकास गर्न सहकारी संस्था र कृषि विकास कार्यालयको समन्वयबाट उत्पादनमूलक तालिम संचालन गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । बिन्धबासिनीका अध्यक्ष प्रदीप थापाले यस्ता तालिमबाट संस्थाका सदस्यहरुको आर्थिक स्तर उकास्न थप टेवा पुग्ने भएकोले भविष्यमा पनि निरन्तरताको अपेक्षा गर्नुभयो । कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख सहदेव हुमागाईं, बिन्धबासिनीका सचिव रामशरण भण्डारी, संचालक सदस्य सुशीला बादे कतिला, व्यवस्थापक केबी मानन्धर, सहभागीहरु गणेश पराजुली, सविता बञ्जारा लगायतले बोल्नुभएको थियो । तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।