कृषि समाज

काभ्रेमा डिडिसीविरुद्ध आन्दोलनको चेतावनी

दुग्ध विकास संस्थानले उभोक्ताहरुका लागि दुधको मुल्यमा वृद्धि गरे पनि किसानबाट खरिद गर्ने दूधको मुल्य वृद्धि नगरेको भन्दै काभ्रे जिल्ला दूग्ध उत्पादक सहकारी संघले आपत्ति जनाएको छ । संस्थानले शनिबारदेखि आफूले बिक्री गर्ने दूधमा प्रतिलिटर २ रुपैयाँ मुल्यवृद्धि गरेको थियो । तर, किसानबाट खरिद गर्ने दूधको मुल्य भने यथावत नै राखेपछि संघले आपत्ति जनाएको हो ।

संघका अध्यक्ष नारायणप्रसाद बडालले विज्ञप्ति जारी गर्दै समान रुपमा मुल्यवृद्धिको माग गरेका हुन् । संघले दूग्ध उत्पादनका लागि प्रयोग गर्ने दाना, ढुटो, चोकर तथा गाई र भैंसीको समेत मुल्यवृद्धि भएकोले सोही अनुपातमा खरिद गर्ने दूधको मुल्य बढाउन संस्थानसँग माग गरेको छ । आफ्ना मागप्रति संस्थानले बेवास्ता गरेमा आन्दोलन गर्ने चेतवनीसमेत संघले दिएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।