काभ्रे, २८ पुस । बनेपामा शुक्रबार शिक्षक संघ काभ्रेको सातौँ अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेसका जिल्ला नेता तथा कार्यकर्ताबीच हात हालाहाल भएको छ । पूर्वसभापति मधु आचार्यलाई मञ्चमा आसनग्रहणका लागि बोलाइएपछि विवाद हुँदा हात हालाहाल भएको हो ।
पूर्वसभापति आचार्यलाई गरिएको कारबाही फुकुवा नभएको भन्दै मञ्चमा नबोलाउन संघका अध्यक्ष अश्विन चौलागाईंले सचिव रामबहादुर तामाङलाई निर्देशन दिएपछि आचार्य पक्षले जिल्ला सभापति शिव हुमागाईविरुद्ध नाराबाजी गरेका थिए । आचार्य पक्षका सचिव तामाङले उनलाई मञ्चमा आसनग्रहणका लागि बोलाएपछि मञ्चबाट ओराल्न निर्देशन दिएलगत्तै सुरु भएको झडप रोक्न प्रहरी परिचालन गर्नुपरेको थियो । सभापति हुँदा आचार्यले कार्यालयका सामान नबुझाएको भन्दै हुमागाईले केन्द्रीय कार्यालयबाटै पत्र ल्याएर आचार्यलाई क्रियाशील सदस्यताबाटै कारबाही गरिएको सर्कुलर गाउँ समितिसम्म पठाएका थिए ।
आचार्यले मञ्चमा गएर स्पष्टीकरण दिन थालेपछि सभापति हुमागाईं र उनीबीच माइक खोसाखोस चलेको थियो ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्