राजनीति

तीर्थ लामा काभ्रे कांग्रेसको सर्वसम्मत जिल्ला सभापतिका उम्मेदवार

तीर्थ लामाले शिव हुमागाईं गुट छोडेर युवाहरूको नयाँ समीकरण बनाए। जुन समीकरणमा तीर्थ लामा, गणेश लामा, तीर्थ पसखल, महेश खरेल, कञ्चनचन्द्र बादे लगाएत थिए। पछि जिल्ला सभापति मधु आचार्य र उपसभापति अच्युत पौडेल पनि त्यो समीकरणमा मिसिए।

तीर्थ लामाकै उपस्थित नयाँ समूहले निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा महेश खरेल र अन्य केहि पदाधिकारीको उम्मेदवारी पनि घोषणा भयो। जिल्ला भर कांग्रेस कार्यकर्तामा नयाँ तरंग छायो । धेरै जसो खुशी भए । कतिपय अचम्मित बने। किन भने धूरेले यस्तो खालको नयाँ समीकरण बन्छ भन्ने लागेकै थिएन्।

यो समीकरण बन्नु अघि तीर्थ लामालाई शिव हुमागाईंले आफ्नो लागि सह महामन्त्री सुनिश्चित गरिदिए सभापतिमा सहयोग गर्ने बारे छलफल भएको र सहमति नभएको बजार हल्ला चलाईयो । सायद यो आचार्य समूहलाई भ्रममा पार्ने एउटा फण्डा थियो । जुन शिव हुमागाईले नाटक मञ्चन गर्न तीर्थ लामालाई लगाए ।

नाटक थियो या शिव र तीर्थबीच कुरा नै नमिलेको हो भन्ने सन्देश बुधबार बनेपामा आयोजित उम्मेदवारी घोषणा सभाले गर्यो। महेश खरेलको उम्मेदवारी घोषणा भएको केहि दिनमै पूर्व सभापति शिव प्रसाद हुमागाईं र तीर्थ लामाबीच पार्टी केन्द्रीय सभापति शेर बहादुर देउवाको निवासमा छलफल भयो।

छलफल पछि लामा र हुमागाई बीच सहमति भएको कुरा अघिल्लो पटक कुरा मिलेन भनेर हल्ला गर्नेहरूले फैलाए। मधु आचार्य समूहले धेरै जसो उम्मेदवारी घोषणा गरिसक्दा पनि हुमागाईं प्यालन लगभग मौन जस्तै बसिरह्यो।

यसरी मौन बस्नुको एउटै कारण थियो। मधु प्यानललाई सहज रूपमा जिल्ला सभापतिको उम्मेदवारी नपाउनु। तीर्थ लामाकै उपस्थितमा निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएका महेश खरेल मधु आचार्य प्यानलबाट जिल्ला सभापतिमा चर्चा गरिएको थियो।

हालका सभापति आचार्य बागमती प्रदेशमा जाने र खरेललाई जिल्ला सभापति बनाउने लगभग सहमति बनिसकेको थियो। यो कुराको जानकार तीर्थ लामा र शिव हुमागाईं पनि थिए। आचार्य र खरेलको यहि चेन ब्रेक गराउन हुमागाईं लागे। उचित पात्र तीर्थलाई नै छाने। तीर्थले नेतृत्व गर्ने गरी नयाँ समीकरण गर्ने ग्राण्डडिजाईनर थिए शिव हुमागाईं।

हुमागाईं र आचार्य बीच अहिले पनि अवस्था पानी बाराबारकै छ। एकले अर्कोलाई जसरी पनि सकाउने ध्याउन्नमा लाग्छन्। धेरै तीर्थ लामाले नयाँ समीकरण बनाएपछि हुमागाईं र आचार्यबीच अर्को समूह बन्न सक्ने आँकलन पनि गरे। तर तीर्थ लामाको नयाँ समीकरण केबल मधु आचार्य समूहलाई कमजोर बनाउने बाहेक अन्य कुनै थिएन्।

जिल्ला सभापतिमा मधु आचार्य प्यानलबाट महेश खरेल बलियो प्रतिद्वन्द्वी थिए। खरेल बौद्धिक र युवाहरू बीच उत्तिकै लोकप्रिय छन्। खरेल सभापतिमा उठ्दा शिव हुमागाईं प्यालन अप्ठ्यारो पर्थ्यो। त्यहि भएर नयाँ समीकरणको नाटक रचियो। जुन कुरा समयमै पत्ता पाउन मधु प्यानलको युवा पङ्क्ति पछि पर्यो। त्यसको फाईदा हुमागाईं प्यालनले उठायो।

नयाँ समीकरणको नाटक बनाउँदा मधु आचार्य प्यानलबाट जिल्ला सभापतिमा उम्मेदवारी दिने उपयुक्त पात्रो नै नहुने शिव-तीर्थको विश्वास थियो। जुन एक हिसाबले सफल भएको छ। अब कि त हालका जिल्ला सभापति मधु आचार्यले नै दोहोर्याउनु पर्यो वा तीर्थ लामालाई सभापतिमा पनि समर्थन गर्नुपर्यो।

मधु आचार्य प्यानलले नयाँ पात्रो सभापतिका खोज्दा केबल उम्मेदवारका लागि उम्मेदवार मात्रै हुने निश्चित छ। मधु आचार्य समूहले अब हालका जिल्ला उपसभापति अच्युत पौडेल र कञ्चनचन्द्र बादेलाई सभापतिमा उठाउने सम्भावना पनि छ। तर आचार्य प्यानलले अब आफ्नो समूहको साख जोगाउन मात्रै उम्मेदवारी दिनेछ।

जिल्ला सभापति सहितको पदाधिकारीमा २५ सय मतदाता मतदान गर्ने छन्। शिव-तीर्थ प्यानलको उम्मेदवारी घोषणा सभामा सहभागीको संख्या हेर्दा जिल्ला सभापतिमा तीर्थ लामाको पक्षमा माहोल सबैभन्दा बढी देखिन्छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।