धुलिखेल,
गरिवी निवारणको क्षेत्रमा काम गरिरहेको लघु उद्यम विकास कार्यक्रमले जिल्लामा उत्पादन हुने तरकारीको ब्यवसायीकरण र विषादी विहीनका लागि सरकोरवालाहरुसँग छलफल गरेको छ ।
बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रममा तरकारी सम्वन्धी कृषक, ब्यापारी, एग्रोभेट तथा सरोकारवाला संघ संस्ंथा विच समस्याको पहिचान गरी समाधान गर्ने विषयमा राय सुझावहरु प्रस्तुत भएका छन् । लघु उद्यम विकास कार्यक्रम ललितपरको सहयोग र जिल्ला लुघ उद्यमी समुह संघ बनेपाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्कीले जिल्ला विकास समितिले योजनामै पारी तरकारीको ब्यवसायीक खेतिका लागि काभ्रेबासीलाई प्रोत्साहन गर्ने बताए ।
जिल्ला अध्यक्ष उद्धव गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेडेपका कार्यक्रम अधिकृत किरण पौड्याल, जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि अधिकृत सहदेव हुमागाई, कालिमाटी तरकारी तथा फलफुल केन्द्रका बरिष्ठ बजार संचालक मनोज धिताल, घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत अर्जुनकुमार मण्डल, मेडेपका फोकल पर्सन प्रल्हाद प्याकुरेल, काभ्रे उद्योग वाणिज्य संघका सदस्य बसन्त भोक्षिभोया, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष भवानी जोशी, दिगो उद्यम तथा सामाजिक विकास केन्द्र सेस्टेकका कार्यक्रम प्रवन्धक उत्तममणी ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।
छलफल कार्यक्रममा विषादी विनाको तरकारी उत्पादनका फाइदा र विषादीले माटो, कृषक र उपभोक्तालाई पारेको असरका बारेमा सरोकारवालाहरुले छलफल गरेका थिए ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्