काभ्रेको बनेपा–पनौती सडकमा गरिएको पिच कामै नलाग्ने गरि भत्किएको छ । पिच भत्किदा गाडि कुदाउन समस्या भइको छ । गएको असारमा पिच गर्न २ करोड रुपैयाँ खर्च भएको सडकमा पहिलेको भन्दा पनि ठुल्ल ठुला खाल्डा परेका छन् ।
२ करोड रकम बिनियोजन भएको पनौती सडक कालोपत्रे गरेको डेढ महिना नबित्दै पुरानो अबस्थामा पुगेपछि स्थानियबासिन्दा, यातायात व्यबसायी र मजदुरहरु आक्रोसित बनेका छन् । सडकका बिभिन्न स्थानमा खाल्डा परेपछि गाडी चलाउन समस्या परेको सवारी चालकहरु बताउँछन । पनौती काठमाडौ चल्ने बा ३ ख ८ सय ६० नम्बर का चालक रुद्रप्रसाद आचार्य भन्नुहुन्छ सडक भत्किएपछि समय सिमा भित्र गन्तव्य स्थान पुग्न नसकिने अबस्था छ । उहाँका अनुसार बस गुड्ने लिकनै नहुँदा दुर्घटना हुने सम्भाबना पनि बढेको छ । आचार्य मात्र होईन पनौती कै बा १ ख ६५ १२ नम्बरका बसका चालक राजेन्द्र थापा पनि यो सडकमा गाडि चलाउन डर लागि रहेको बताउनुहुन्छ । सडकका बिभिन्न ठाउँमा ठुला र गहिरा खाल्डाहरु बनिसकेकाले त्यही बाटो गुडाउँदा बसनै पल्टन सक्ने थापाको भनाई छ ।
दैनिक लोकल सवारी साधन र ४ सय ट्रिपर रोशी खोलाको गिटि ढुङगा वोकेर यही सडकवाट आवत जावत गर्ने गरेका छन् । त्यसरी सडकबाट गाडीहरु गुड्नै मुस्किल परेपछि स्थानियबासिन्दाले आफ्नो घर कम्पाउण्डमा भएका ढुङगाहरु समेत खाडलमा हालेर केही सहज बनाउने प्रयास गरेका छन् । सुब्बा गाउँको बाँसघारी क्षेत्रमा त अझ बढी नै खाल्डा छन् । आफ्नो घर अगाडी सडकको अबस्था नाजुक देखेपछि आफैले किनेर ल्याएको ढुङगा खाल्डोमा हालिदिएको स्थानीयबासिन्दाको भनाई छ ।
सडक मर्मतको जिम्मा लिएको कम्पनीले पुनः मर्मत गरीदिनु पर्ने काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष सुरकृष्ण बैद्यको भनाई छ । सरकारले समयमै बजेट निकासा नगर्नु र काम जिम्मा लिएको कम्पनीले धुलो वा हिलो माथिनै पिच गर्नुले पनि सडक चाँडो भत्किएको उहाँको भनाई छ । काममा सम्बन्धित निकायको निरिक्षण वा निगरानी नभएका कारण ठेकेदारको मनोमानी चलेको उहाँको आरोप छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका कर्मचारीको मिलेमतोमा भक्तपुरकै ढुकुचु कन्ट्रकसनले जिम्मा लिएको बनेपा पनौती सडकका खाल्डा खुल्डी भएका ठाउँमा धुलो माटो माथिनै पिच गरिएको थियो ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्