मुख्य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। नेपाली कांग्रेसको मंगलबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। प्रतिपक्षमा बस्नेगरि संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।

कांग्रेसको निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी र बलबहादुर केसीले लिखित फरक मत राखेका छन्।

आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव कार्यसम्पादन र संसदीय दलको बैठकबाट पारित भएको यादवको भनाइ छ। सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिन आग्रह गर्दै देउवा निवास पुगेका थिए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।