राजनीति

तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम

सत्ता गठबन्धन दलहरूले सरकारको न्यूनतम तथा साझा कार्यक्रम मस्यौदा तयार गरेको छ। पुस १४ गते बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ७ दलबाट एक/एक जना प्रतिनिधि समावेश गरेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेका हुन्।

‘सरकारको न्यूनतम तथा साझा कार्यक्रम कार्यदलस्तरमा टुंगो लागेको छ। मस्यौदालाई शीर्ष तहका नेताहरूले अन्तिम रूप दिएपछि शनिबार सार्वजनिक गर्छौं’, कार्यदल सदस्य बर्षमान पुनले भने।

‘शीर्ष नेताहरूले अध्ययन गरेर आवश्यक थपघट गरेर पारित गरेपछि सार्वजनिक गरिन्छ,’ बैठकपछि कार्यदल सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पत्रकारहरूसँग भने, ‘सुशासन, सेवा प्रवाहलगायत विषयमा केन्द्रित रहेर न्यूनतम साझा कार्यक्रम आउँछ। सबै दलले उठान गरेका विषयबस्तु समेट्ने कोसिस भएको छ।’ भोलि कार्यदलले शीर्ष नेताहरुलाई बुझाउने ढकालले जानकारी दिए। शीर्ष नेताहरुलाई बुझाएपछि भोलि नै सार्वजनिक हुने उनले बताए।

बैठकमा माओवादीबाट बर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल, राप्रपाबाट धबलशमशेर राणा र जसपाबाट रकम चेमजोङ सहभागी भएका थिए। मस्यौता प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी भएको पुनले बताए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।