प्रशासनको लार्पवाहिका कारण बिपी राजमार्ग हुदै सिन्धुली पुग्ने सिटी भिलेज यातायातबाट दैनिक रुपमा यात्रुहरु ठगिएका छन् । समितिले टिकट दिएरै ठगि गरिरहदा सम्वन्धित निकाय मौन छन् ।
विपी राजमार्गमा पछिल्लो समय सिटी भिलेज यातायात, हिमाल–तराई यातायात र मध्य पहाडी समितिले काठमाडौ–घुर्मीसम्म बस सेवा सञ्चालन गर्दै आएका छन् । सिन्धुली, ओखलढुंगा, उदयपुरको सिमानामा पर्ने घुर्मीसम्म हिमाल तराईका ७३ वटा, मध्य पहाडीका २० वटा र सिटी भिलेजका ५० वटा गाडी संचालनमा छन् । सिन्धुली जिल्ला प्रशासन कार्यालयमा आर्थिक वर्ष २०६९ - २०७० को दर्ता नम्वर ८७० मा दर्ता भएको सिटी भिलेजमा अधिकांश निजी नम्वर प्लेटका गाडीहरु संचालन गरिएको छ ।
सिन्धुली जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार निजी नम्वर प्लेट भएका सवारी साधनले यात्रु बोक्न पाउदैनन् । सिटी भिलेजले निजी प्लेटको गाडीमा यात्रु बोकेको कतैबाट उजुरी नआएको भट्टराईले जानकारी दिए । ‘हामी अनुसन्धान गरी कारवाही गर्छाै, निजी प्लेटका सवारी साधनले यात्रु बोक्न मिल्दैन’–उनले भने । सिटी भिलेजले काठमाडौबाट घुर्मी पुगेको प्रति यात्रु २ हजारका दरले भाडा असुल्ने गरेको छ । काठमाडौंबाट घुर्मी १ सय ९२ किलोमिटर मात्रै छ । जबकी घुर्मी पुग्न अन्य समितिले ६ सय ८३ रुपैया मात्रै लिने गरेका छन् । प्रति यात्रु १ हजार ३ सय १७ रुपैया ठगिरह“दा सम्वन्धित निकाय मौन बसिरहेका छन् । टिकटमा उल्लेख भएका दाताराम दाईले प्रतिस्पर्धा हुदा सुपर सिद्धबाबा यातायातका नाममा निजी प्लेटका सवारी साधन राखेर सवारी साधन चलाएको जानकारी दिए । पछि सिटी भिलेजसग सिद्धबाबा गाभिएपछि आफुलाई जानकारी नभएको दातारामले जानकारी दिए । आइतबार दिउँसो काभ्रेको बनेपामा केहि यात्रुले गुनासो गरेपछि सिटी भिलेजको ठगि सार्वजनिक भएको हो ।
सरकारले राजमार्गमा सिण्डीकेट खारेज गरे स“गै स्वतन्त्र रुपमा संचालन भएका यस्ता सवारीसाधनहरुले यात्रुहरुलाई चर्काे भाडा लिएर ठगि गरिरहेका छन् । तर अनुगमन नहु“दा यात्रुहरु समयमै गन्तव्यमा पुग्न चर्काे भाडा तिर्न बाध्य भएका छन् ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्