राजनीति

माओवादीमा रेकी र धम्की

बनेपा,

नेताहरुले कार्यकर्ताहरुलाई रेकी गर्दै धम्की दिन थालेपछि कार्यकर्ताहरु धमाधम पार्टी परिवर्तन गर्न थालेका छन् । नेताहरुको धम्की पछि माउ पार्टी फुटेको दुई महिनापछि एनेकपा माओवादीको भातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ विभाजित भएको छ ।

मजदुर इन्चार्जले निर्वाचित अध्यक्षलाई कारवाहीको वक्तव्य सार्वजनिक गरेपछि मजदुर संगठनहरु विभाजन भएका हुन् । विचारको हिसाबले शुरु देखि नै मोहन बैद्य समुहसँग निकट रहेका माओवादी निकट मजदुरहरु पार्टी फुटे पनि संर्घष मुल पार्टीबाटै हुन्छ भन्ने सोचाइमा थिए । नेकपा–माओवादीले आयोजना गरेको भाद्र २९ गते शुक्रबारको आधा दिने बन्द सफल बनाउन २८ गते विहिबार बनेपामा दिउसो तयारी बैठक चल्दै थियो । उता संगठनको छलफलमा जुटिरहेका ट्रेड युनियन महासंघका जिल्ला इन्चार्ज तथा पार्टी जिल्ला कमिटी सदस्य (माओवादीले प्रकाशन गरेको लिस्ट नम्वर ९३ का) विजय दाहाल र सदस्यता नम्वर १७० का होमबहादुर खुलाल विच विचारमा चर्काचर्की पयो । दुवैले विगत, वर्तमान र भविश्यका कुरा गर्न थालेपछि एक्कासी उठेर हिडेका दाहालले शुक्रबारको एक पत्रिकामा खुलाल लगायतका नेताहरुलाई कारवाही गरेको विज्ञप्ती छपाए ।

पार्टी छाडेर नजाने मनस्थिती बनाएको खुलालको समुहले विनाकारण कारवाही भोग्नु परेको भन्दै पार्टी छाडी नेकपा माओवादीमा प्रवेश गरेको घोषणा गर्दै नक्कली काम गर्ने दाहालको नक्कली विज्ञप्तीको पछि नलाग्न आब्हान गरेका छन् । ‘हामी पार्टीमा रहुञ्जेल मजदुरको संयोजक कहिल्यै थिएन, जब हामी नेकपा माओवादीमा प्रवेश गयौ, अनि संयोजकको नाममा हुँदै नभएको आरोप’–होमबहादुर खुलालले भने । विजय दाहाल अखिल नेपाल ट्रेड युनियन महासंघका संयोजक भन्दै प्रकाशन गरेको विज्ञप्तीमा खुलाल समुहले मजदुरका नाममा चन्दा उठाएर आर्थिक हिनामिना गरेको बताइएको छ । खुलालले चरित्रहत्या गर्न दाहालले छदम्भेषबाट नक्कली विज्ञप्ती प्रकाशन गरेको बताएका छन् । खुलालसँग ट्रेड युनियनका २७ मध्ये १७ जना नेकपा–माओवादीमा प्रवेश गरेका छन् । त्यस्तै अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष विष्णु विसी, अखिल नेपाल सेक्युरिटी मजदुर संघका अध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्य दिपेश परियार लगायतको मजदुरहरुको समुह नेकपा माओवादीमा प्रवेश गरेको छ ।

खुलाल समुह नेकपा माओवादीमा जाने तयारी गरेपछि उनलाई रेकि गर्दै धम्कि दिइएको खुलालले बताए । ‘एनेकपा माओवादी भित्रको एउटा समुहले रेकी सँगै धम्कि दियो’–खुलालले भने–‘यस्ता धम्कीसँग हामी डराउँदैनौ र डराएनौ, उनिहरुसँग प्रत्यक्ष भिड्न हामी तयार छौं, आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौ ।’ खुलालले जो चोर उसकै ठुलो स्वर भएको बताए । एउटा जिल्ला कमिटी सदस्यले अर्काे सदस्यलाई कसरी कारवाही गर्न सक्छ ? माओवादी भित्र यस्तो गुह्य खेल पैसाका लागि हुने उनले बताए । माओवादीले होटल, औधोगिकमा अधिपत्य जमाउँदै आएको छ । पोखरमा सम्पन्न महाधिबेशनमा काभ्रेका होटलबाट कुनै प्रतिनिधि गएनन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।