समाज

१० बर्षमा काभ्रेको जनसंख्या ३७ सयले घट्यो

१० बर्षको अवधिमा देशको कुल जनसंख्या १५ प्रतिशतले बृद्धि भएपनि काभ्रेको जनसंख्या भने शुन्य दशमलव ९६ प्रतिशतले घटेको छ । जनगणना २०६८ को नतिजा अनुसार काभ्रेको जनसंख्या २०५८ सालको तुलनामा ३ हजार ७ सय ३५ जनाले घटेको जिल्ला तथ्याङ कार्यालय काभ्रेले जनाएको छ ।

जनगणनाअनुसार काभ्रेको कुल जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ रहेको छ । जसमा १ लाख ८२ हजार ९ सय ३६ पुरुष र १ लाख ९९ हजार १ जना महिला रहेका छन् । कार्यालयका अनुसार २०५८ सालको जनगणना अनुसार काभ्रेको कुल जनसंख्या ३ लाख ८५ हजार ६ सय ७२ रहेको थियो । जनगणना २०५८ को भन्दा जनगणना २०६८ मा पुरुषको संख्या ६ हजार ११ अर्थात् शुन्य दशमलव ९६८ प्रतिशतले घटेको छ भने महिलाको संख्या २ हजार २ सय ७६ अर्थात् १ दशमलव शुन्य १२ प्रतिशतले बढेको जिल्ला तथ्याङक अधिकृत दिनानाथ लम्सालले जानकारी दिए । सर्वसाधारणको चेतना स्तरमा बृद्धि हुनुको साथै ग्रामिण भेगहरु जस्तै डाँडाँपारी, कोशिपारीलगायतका भेगबाट अन्य जिल्लामा हुने बसाईसराईले गर्दा पनि जनसंख्यामा कमी आएको लम्सालले बताए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।