समाज

काभ्रेको जनसंख्या ३ लाख ८१ हजार ९३७

kavre-mapकाभ्रेपलाञ्चोक जिल्लाको जनसंख्यामा दश वर्षको अवधिमा ३ हजार ७ सय ३५ ले घटेको छ । २०५८ को जनगणनामा कुल जनसंख्या ३ लाख ८५ हजार ६ सय ७२ रहेकोमा २०६८ को जनगणनामा ३ लाख ८१ हजार ९ सय ३७ जना रहेको नतिजा सार्वजनिक गरिएको हो । आइतबार जिविस कार्यालय धुलिखेलमा आयोजित राष्ट्रिय जनगणना २०६८ को नतिजा सार्वजनिकीकरण विषयक जिल्ला स्तरीय गोष्ठीमा उक्त जानकारी गराइएको हो ।

नतिजा अनुसार काभ्रेको कुल जनसंख्याको सबैभन्दा बढी पनौती नगरपालिकामा २७ हजार ३ सय ५८ रहेका छन् भने सबैभन्दा कम सरमथलीमा १ हजार ७१ जना रहेका छन् । सबैभन्दा कम जनसंख्या रहेका दश गाविसमा सरमथली, बेखसिम्ले घर्तीछाप, फलाँटे भुम्लु, कोलाँती भुम्लु, सानो वाङथली, च्याम्राङ्गवेसी, खार्पाचोक, धुसेनी सिवालय, साल्मेचाकल र सिम्थली रहेको छ भने सबैभन्दा बढी जनसंख्या रहेको दश गाविसमा पाँचखाल, महादेवस्थान मण्डन, उग्रचण्डी नाला, देवभूमी बालुवा, कुशादेवी, अनेकोट, उग्रतारा जनागाल, नासिकास्थान साँगा, मेच्छे वालुवापाटी देउपुर रहेका छन । त्यसैगरी बनेपामा जनसंख्या बृद्धिदर सबैभन्दा बढी ४.४८ प्रतिशत र सल्लेभुम्लुमा सबैभन्दा कम ३.८८ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

काभ्रेमा रहेका तीनवटा नगरपालिकामा पनौतीमा सबैभन्दा बढी २७ हजार ३ सय ५८, बनेपामा २४ हजार ७ सय ६४ र धुलिखेलमा १४ हजार २ सय ८३ जनसंख्या रहेका छन् । त्यसैगरी लैङ्गिक अनुपातमा सबैभन्दा बढी मिल्चेमा १०२.९४ प्रतिशत र सबैभन्दा कम पोखरीचौरीमा ७३.३६ प्रतिशत रहेको राष्ट्रिय जनगणनाको नतिजाले देखाएको छ । काभ्रे जिल्लाको क्षेत्रफल १३९६ वर्ग कि.मी. रहेको छ जुन देशको कुल क्षेत्रफलको ०.९८ प्रतिशत हो । राष्ट्रिय जनगणना २०६८ अनुसार देशको कुल जनसंख्याको १.४४ प्रतिशत काभ्रे जिल्लाभित्र बसोबास गरेको देखिन्छ जुन राष्ट्रिय जनगणना २०५८ मा १.६७ प्रतिशत रहेको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।