सुचना प्रविधि

नेपाल टेलिकमको एडिएसएल प्रयोग गर्नेको संख्या बढ्दै

NTCकाभ्रे तथा आसपासका जिल्लामा पछिल्लो समय नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । काभ्रे, सिन्धुपाल्चोक र दोलखामा नेपाल टेलिकमले वितरण गरेको एडिएसएल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको जेठसम्ममा झन्डै ३५ प्रतिशतले बढेको हो । नेपाल टेलिकम बनेपाका प्रमुख शिवजी शाहका अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म तीन जिल्लामा एडिएसएल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ७ सय ४३ पुगेको छ ।

अघिल्लो आर्थिक बर्षमा ५ सय ५१ जनाले मात्रै एडिएसएल इन्टरनेट प्रयोग गरेको बनेपा टेलिकमको तथ्याङ्क रहेको छ । इन्टरनेट प्रयोगकर्ताको संख्या बढेसँगै राजस्व संकलनसमेत बढेको छ । विभिन्न तीन जिल्लाको चार वटा एक्सचेन्जबाट चालु आर्थिक बर्षको जेठसम्म कुल एक करोड १५ लाख २६ हजार २५० राजस्व एडिएसएल इन्टरनेटबाट मात्रै सङ्कलन भएको छ । गत आर्थिक बर्षमा जम्मा ८३ लाख ९४ हजार ३५७ सङ्कलन भएको थियो । काभ्रे तथा आसपासका जिल्लामा नेपाल टेलिकमबाहेक अन्य कम्पनीहरुले पनि इन्टरनेट सेवा दिइरहेका छन् । नेपाल टेलिकमले पनि एडिएसएलबाहेक अन्य विभिन्न प्रकारका इन्टरनेट सेवा पनि दिइरहेको छ । तर, टेलिफोन लाइन पुगेका स्थानमा टेलिकमकै अन्य सेवा भन्दा एडिएसएल नै प्रभावकारी भएको बताइएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।