शुक्रबार काभ्रे जिल्लाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काभ्रेको रोशी गाउँपालिकामा ३ जना, पनौती नगरपालिकामा र पाँचखाल नगरपालिकामा एक-एक जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ।
रोशीका संक्रमित तीन जना क्वारेन्टाइनमा छन् भने पाँचखालका संक्रमित शुक्रबार क्वारेन्टाइनबाट घर फर्किएका थिए।
यस्तै, पनौतीका संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रिया गर्न अस्पतालमा भर्ना भएकी थिइन्।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्