समाज

नेपालमा ९ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमित बाँके र मकवानपुरका

नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान ८ बजे जारी गरेको प्रेस विज्ञप्तिका अनुसार मकवानपुरमा एक जना ३७ वर्षिय पुरुष र बाँकेमा ८ जनामा संक्रमित पुष्टि भएको हो।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ।

श्रोतका अनुसार बाँकेमा देखिएका कोरोना संक्रमितहरु दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।