समाज

नेपालमा थप ७ जनामा कोरोना भेटियो, संक्रमितको संख्या १०९ पुग्यो

शनिवार बिहान नेपालमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन्।

संक्रमित ३ जना महिला उदयपुर भुल्केका हुन्। उनीहरूको उमेर क्रमशः १८, ४५ र ६५ वर्ष रहेको छ।
यसैगरी संक्रमित ४ पुरुषमध्ये ३ जना कपिलवस्तु र एक जना पर्सा छपकैयाका हुन्।

कपिलवस्तुका संक्रमितमा १७ वर्षका एक र १८ वर्षका दुई युवक रहेका छन्। पर्साका संक्रमित पुरुषको उमेर ६२ वर्ष रहेको छ।

यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।