काभ्रेमा तीन महिनाको अवधिमा तीन जना प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । तत्कालिन प्रमुख जिल्ला अधिकारी रुद्रनाथ बस्यालले अवकाश पाएपछि प्रमुख जिल्ला अधिकारीको रुपमा आएका तुलसीप्रसाद गौतमको पनि सरुवा भएपछि काभ्रेमा नयाँ प्रमुख जिल्ला अधिकारी सरुवा भएर आएका छन् । गौतमको सरुवा भएपछि ऋषिराम ढकाल काभ्रेको प्रमुख जिल्ला अधिकारीको रुपमा काभ्रे आइपुगेका हुन् ।
बुधबारदेखि जिल्ला प्रशासनमा हाजिर गरेका ढकालले बिहीबार पत्रकार, राजनीतिक दलका नेता तथा व्यावसायी लगायतसँग छलफल गरेका छन् । छलफलमा ढकालले पछिल्लो समय काभ्रेमा तस्करी मौलाउँदै गएको जानकारी पाएको भन्दै त्यसलाई रोक्न आफू तत्पर रहने बताए । उनले कानुनविपरित काम गर्नेलाई नछाड्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । उनले जिल्लामा रोकिएको बजार अनुगमनलाई प्रत्येक महिना निरन्तरता दिने पनि बताए ।
उनले छड्केरुपमा बेला बेलामा अनुगमन गरिनेसमेत जानकारी दिएका छन् । छलफलको क्रममा पत्रकार महासंघका अध्यक्ष महेश पौडेलले पत्रकारको सुरक्षा गर्न माग गर्दै सूचना उपलव्ध गराउन पनि माग गरे । यस्तै काभ्रे उद्योग वाणिज्य महासंघका अध्यक्ष दियेशरत्न शाक्यले निर्वाधरुपमा व्यावसाय गर्न पाउने वातावरण सिर्जना गर्न माग गरेका थिए ।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्